Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

  • काठमाडौँ । महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा शनिवार राति आगलागी भएको हो । 

    images
    images
    images

    आगलागी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन् । पसलभित्र जडान गरिएको विद्युत्को तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

    आगलागी भएको खबर पाए लगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण संकलन भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij