Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आईसीसी विश्वकप लिग-२ : आज नेपाल र युएई खेल्दै

आईसीसी विश्वकप लिग-२ : आज नेपाल र युएई खेल्दै

  • काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्दैछ। लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो। खेल कीर्तिपुरस्थित टियु मैदानमा आइतबार बिहान ९ बजे सुरु हुनेछ।

    onlinepatrika
    Arghakhachi

    त्रिकोणात्मक सिरिज अन्तर्ग पहिलो खेलमा पपुवा न्यु गिनी - पीएनजींलाई पराजित गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ। लिग-२ मा नेपालले ३६ खेल खेल्न पाउने छ। ३३ खेल खेलिसकेको नेपालले १६ जित र १५ मा हार खाएको छ। नेपालले ३४ अंक जोडेको छ।

    AGNI GROUP

    यूएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार खाएर ३१ अंक जोड्न सफल छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij