Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लामिछानेले नेपालविरुद्ध अर्धसतक बनाएका पपुवा न्यूगिनी (पीएनजी) ओपनर टानी उरालाई आउट गराएका थिए । नेपालले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुआत गरेको पीएनजीका उरा ४४ बलमा ९ चौकसहित ५० रन बनाएर क्याच आउट भए ।

    यसअघि, तेस्रो नम्बरमा क्रिजमा आएका सेसे बाउलाई दीपेन्द्रसिंह ऐरीले सोमपाल कामीबाट क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । ओपनर किप्लिन डोरिगा कुशल मल्लको बलमा रनआउट भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij