
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार प्यालेस्टाइनसँग खेल्दैछ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा हुने नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह 'बी' मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । युएईले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ । दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij