
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका स्थित आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको छ । तीन वटा घर गोठ जलेर नष्ट भएको छ ।
राजदेवी नगरपालिका ४ वसन्तपुर (गडहिया)का भिखर राउतको घरमा मंगलबार साँझ आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले आगलागीबाट घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जनाएको छ । सो आगो सल्किएर छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको थियो ।
आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी ७५ हजार तथा छिमेकीहरूको ५०-५० हजार गरी कुल एक लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । गौर नगरपालिकाबाट गएको वरुण यन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij