Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विश्वकप लिग टू : नेपालले यूएईसँग खेल्दै

विश्वकप लिग टू : नेपालले यूएईसँग खेल्दै

  • काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ । खेल विहान पौने १२ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

    images
    images
    images

    घाइते भएका कारण आजको खेलमा  कुशल भुर्तेलले खेल्न पाउने छैनन् । कुशलको ठाउँमा सन्दीप जोराले खेल्ने पक्का भएको छ । यसै शृङ्खला अन्तर्गत यूएईसँग भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । युएई भने बाँकी दुई वटै खेलमा पपुवा न्यूगिनिसँग पराजित भएको छ ।

    नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij