Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बागबजारबाट बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याल रहेका छन् । 

    images
    images
    images

    २०७९ माघ ६ गते उच्च अदालत पाटनको फैसलाले अर्याललाई बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    अर्यालले २०७७ चैत ११ गते दिएको नविल बैंकको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij