
Apr 11 2025 | २०८१, चैत २९ गते
उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । हिजो साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको हो ।
रेलमा लागेको आगो नियन्त्रण गर्न उद्धारकर्ताहरू प्रयासरत रहेको बीबीसीले उल्लेख गरेको छ । मालवाहक रेलसँग ठोक्किएको यात्रुवाहक रेलमा करिब ३५० यात्रु रहेको बताइएको छ ।
दुर्घटनाग्रस्त रेलमा ठुलो आगलागी भइरहेको र बाक्लो धुवाँको मुस्लो आइरहेको स्थानीय मिडियाहरूमा देखाइएको छ । घटनास्थलमा आगो निभाउन १७ वटा वारुणयन्त्रहरूखटिएको अग्नि नियन्त्रक संस्थाले जानकारी दिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij