
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियाविरुद्ध शानदार जीत हांसिल गरेको छ । मंगलवार यूएईको मलेक क्रिकेट स्टेडियम अज्मानमा भएको खेलमा नेपाली युवा टोलीले मलेसिया यू-१९ लाई १० विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ७३ रनको चुनौती नेपालले ९ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । यसक्रममा दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन जोडे । यसअघि पहिले ब्याटिङ गरेको मलेसिया ७२ रनमा अलआउट भएको थियो ।
दिपेश कंडेलले ४, आकाश चन्दले ३, मिलन बोहराले २ तथा सुवास भण्डारीले एक विकेट लिएका थिए । नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङलाई पराजित गरिसकेको छ भने यूएईसँग खेल्न बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij