Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालले पीएनजीलाई हरायो

नेपालले पीएनजीलाई हरायो

  • काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनी पीएनजीमाथि नेपाल हावी भएको छ । नेपालले पीएनजीमाथि सहज ४ विकेटको जित निकालेको छ । जितका लागि २०४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर सहजै जित निकाल्यो । 

    images
    images
    images

    नेपालको जितमा कुशल भुर्तेलको ५६ तथा आशिफ शेखको ४४ रन महत्वपूर्ण रह्यो । यसअघि यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । 

    पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा आउट भए ।
    नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी, सोमपाल कामी र डेब्यु खेलाडी प्रतिश जीसीले १–१ विकेट लिए । 

    जितसँगै नेपालले २९ खेलमा २८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । २८ खेलबाट २९ अंकको यूएईसँग नेपालले दूरी कम गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij