Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

वसन्तपुरमा चीर ठड्याइयो, फागु पर्व शुरु

वसन्तपुरमा चीर ठड्याइयो, फागु पर्व शुरु

  • काठमाडौं । काठमाडौं उपत्यकामा फागु पर्व सुरु भएको छ । वसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको चीर सोमबार ठड्याइएपछि फागु पर्व सुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागू पर्व सुरु भएको मानिन्छ ।

    images
    images
    images

    वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार ३ तले चीर ठड्याएपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मान्ने गरिन्छ ।

    सोमबार बिहान ७ बजेर ४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको ३ तले चीर ठड्याएका हुन् । सोही अवसरमा उनीहरूले एक-अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।

    सोमबार पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक र ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

    यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराईका जिल्लाहरुमा होलीको सार्वजनिक बिदा दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij