Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

युनाइटेडलाई ६ वर्षपछि उपाधि

युनाइटेडलाई ६ वर्षपछि उपाधि

  • न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ ।

    images
    images
    images

    युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै न्युक्यासलको सपना चकनाचुर पारेको थियो । खेलको ३३ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने ३९ औँ मिनेटमा रासफोर्डले टोलीको अग्रता दोब्बर बनाए ।

    दोस्रो हाफमा न्युक्यासल खेलमा फर्कने प्रयास गरेपनि कुनै गोल गर्न सकेन । युनाइटेडले जोसे मोरिन्होको नेतृत्वमा सन् २०१७ मा युरोपा लिगको उपाधिका साथै यही प्रतियोगिता जितेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij