
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको तयारी गरेको छ । एआईजी बढुवाको प्रतिस्पर्धीमा १९ जना नायब प्रहरी महानिरीक्षक (डिआईजी) हरु रहेका छन् ।
वरियताअनुसार हालका आईजी सिंहका ब्याचीहरु समेत प्रतिस्पर्धामा छन्, नल प्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहन कुमार आचार्य । तर, अबको एक महिनामा उनीहरु तीनैजना ३० वर्षे सेवाअवधिका कारण आईजी सिंहसँगै अवकाशमा जानेछन् ।
यता ३० वर्षे नै कायम रहेको अवस्थामा अर्को ब्याचका एआईजी बढुवाको मुख्य प्रतिस्पर्धीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह (राजीनामा दिएका), दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य अगाडि देखिएका छन् । त्यस्तै सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा समेत एआईजीका प्रतिस्पर्धी हुन् । यद्यपि, चार जनामहिला समेत रहेकाले एआईजी बढुवा प्रतिस्पर्धामा समाबेशी गराउनुपर्ने दबाब पनि सरकारमाथि छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij