Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज नेपाल सिंगापुरसँग खेल्दै

आज नेपाल सिंगापुरसँग खेल्दै

  • काठमाडौं । आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले शुक्रबार आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । युएईमा खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरू हुनेछ ।

    images
    images
    images

    लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको नेपाली टोली जितका साथ प्रतियोगिता सुरू गर्न चाहन्छ । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ ।

    प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij