
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर उनले आफ्नो राजीनामा बुझाएका थिए ।
गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त राजीनामा पत्र बिहीबार स्वीकृत गरेका हुन् ।
उमेर विवादका कारण डीआईजी सिंहले राजीनामा दिएका हुन् ।
२०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख भएको पाइएपछि उनी विवादमा तानिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij