
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सो मतदाता नामावली सार्वजनिक गरेको हो ।
कानुनी व्यवस्थाअनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेशसभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि ८८१ जनाको नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । अन्तिम नामावली फागुन १२ गते अपरान्ह ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको उनले बताए ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तोकिएको छ । सो निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता हुनेछ । उपराष्ट्रपति निर्वाचन चैत ३ गते तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij