Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दिपलाई यूएइ भ्रमणमा समावेश गर्न माग गर्दै नाराबाजी

सन्दिपलाई यूएइ भ्रमणमा समावेश गर्न माग गर्दै नाराबाजी

  • काठमाडौं । सन्दीप लामिछानेलाई नेपालको यूएइ भ्रमणमा समावेश गर्न क्रिकेट समर्थकहरुले माग गर्दै त्रिवि मैदानमा नाराबाजी गरेका छन् । आज नेपाल र स्कटल्यान्डको खेल चलिरहँदा समर्थकहरुले सन्दीपको पक्षमा नाराबाजी गरेका हुन् ।

    images
    images
    images

    सन्दीपले फेरि एकपटक नेपालका लागि उत्कृष्ट प्रदर्शन गरे । समर्थकहरुले सन्दीपका प्रत्येक विकेटमा सेलिब्रेसन गरेका थिए । उनीहरुले ‘सन्दीपलाई दुबइ लग’ भन्दै नाराबाजी गरेका हुन् । नेपाली टिम आगामी १३ गते विश्वकप लिग २ को अर्को त्रिकोणात्मक श्रृंखला दुबइ जाँदैछ ।

    अदालतले सन्दीपलाई विदेश भ्रमणमा रोक लगाएकाले उनी यूएइ जान पाउँदैनन् । उनका फ्यानहरुले सन्दीपको अनुपस्थितिमा नेपालको बलिङ कमजोर हुने भन्दै उनलाई यूएइ लैजानुपर्ने माग गरेका हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij