
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई वर्षदेखि रहेका साउदी अरबको जेलमा धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन आग्रह गरेका छन् ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर छिटो उद्धार गरिदिन दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले आग्रह गरेका हुन् । दिनेश ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दुई वर्षदेखि साउदी अरबको जेलमा छन् ।
उनको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले दिनेशलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत् पहल अघि बढाउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij