
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन गइरहेको छ । त्रिभुवन विश्वविद्यालयले सो निर्वाचन गर्न लागेको हो । उक्त निर्वाचनमा ललितपुर अनेरास्ववियूका अध्यक्ष सन्तोष महर्जनले पाटन संयुक्त क्याम्पसमा सभापतिकाे उम्मेदवारी दिने भएको छ ।
स्थानीय क्याम्पस बनाउन स्थानीयले नै पहल गर्न सक्छ, क्याम्पसको बिकृती र बिसंगीत विरुद्ध शसक्त रूपमा लड्ने र विद्यार्थीको समस्यालाई गम्भिर भइ समाधान गर्ने अठोट रहेको महर्जले बताए ।
महर्जले विद्यार्थीलाई एकजुट हुन र निर्वाचनमा सहभागी भई आसन्न स्ववियु निर्वाचनलााई सफल पार्नहुनु सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध पनि गरेका छन् ।
समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij