
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । चितवनमा ५३ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्नुन दर्जी र गाडीमा सवार एक नाबालक रहेका छन् ।
चितवनको राप्ती नगरपालिका–१, लोथरस्थित सडकखण्डमा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा ३ च २५०४ नम्बरको टाडा डीआई गाडीमा लुकाइछिपाइ ल्याएको लागुऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij