
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । पर्वतको जलजला गाउँपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणमा आउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिइएको हो ।
जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको व्यवस्थापनका लागि भन्दै गाउँपालिकाले आज बिदा दिइएको हो ।
विज्ञप्ति हेर्नुहोस्:
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij