Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बुढासुब्बा गोल्डकप फागुन १३ बाट

बुढासुब्बा गोल्डकप फागुन १३ बाट

  • काठमाडौं । बुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै गोल्डकप फागुन १३ गतेदेखि आयोजना हुने जानकारी गराएको हो ।

    images
    images
    images

    २०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ यता हुन सकेको थिएन ।

    यस संस्करणको गोल्डकपमा नेपालका ए डिभिजन क्लब मध्येबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने भएको छ । प्रतियोगितामा पुलिससँगै आयोजक, दुई विदेशी टिम एभेनियर एफसी क्यामरुन, केबिपिएस वंगलादेश, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङको सहभागिता रहने छ ।

    प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । म्यान अफ दि म्याचलाई १० हजार पाउने र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij