Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बार्सिलोनालाई ८ अंकको अग्रता

बार्सिलोनालाई ८ अंकको अग्रता

  • काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति काडिजलाई २-० ले पराजित गरेसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ८ अंकको अग्रता बनाएको छ ।

    images
    images
    images

    घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि सर्जि रोबर्टो र रोबर्ट लेवान्डोस्कीले गोल गरे । सर्जिले लेवान्वस्कीको गोलका लागि असिस्ट गरे  । सर्जी रोबर्टोले ४३औं मिनेटमा गोल गरे भने लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।

    जितपछि बार्सिलोनाले २२ खेलबाट ५९ अंक जोडेको छ । समान खेलबाट रियलको ५१ अंक छ । ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ भने सेभिया र रायो भालेकानोले १(१ को बराबरी खेलेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij