Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ललितपुर उद्योग वाणिज्य सङ्घमा न्याछ्यों विजयी

ललितपुर उद्योग वाणिज्य सङ्घमा न्याछ्यों विजयी

  • ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी हुनुभएको छ ।  अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित हुनुभएको हो । निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गर्नुभएको सङ्घले जनाएको छ । न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुनुहुन्छ । 

    images
    images
    images

    सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उपाध्यक्ष (उद्योग) मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन बज्राचार्य विजयी हुनुभएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित हुनुभएको छ । 

    कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मिलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी हुनुभएको छ । संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित हुनुभएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले जानकारी गराउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij