Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बार्सिलोनालाई पछ्याउँदै रियल

बार्सिलोनालाई पछ्याउँदै रियल

  • साबिक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनालाई पछ्याउँदै गरेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियलले बार्सिलोनासँगको दुरी पाँछ अङ्कले छोट्याएको छ । 

    images
    images
    images

    रियलको जितमा फेडे भाल्भर्डे र मार्को असेन्सियोले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा  भाल्भर्डेले ७८औँ मिनेटमा भिनिसियस जुनियरको पासमा खाता खोल्नुभएको थियो ।

    त्यसपछि इन्जुरी समयमा असेन्सियोले गोल गर्दै रियललाई जिताउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको रियलले २२ खेलबाट ५१ अङ्क बनाएको छ । एक खेल कम खेलेको बार्सिलोना ५६ अङ्कसहित शीर्षस्थानमा छ । पराजित ओसासुना ३० अङ्कसहित १०औँ स्थानमा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij