
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । गुल्मीमा आगोले जलेर एक वृद्धाको ज्यान गएको छ । इस्मा गाउँपालिका–१, मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
हिजो साँझ आगो ताप्ने क्रममा पवित्राको लुगामा आगो लागेपर शरीरभरी फैलिएको थियो ।
आगोमा जलेर सख्त घाइते भएकी उनको गुल्मी अस्पताल तम्घासमा उपचार गरेपछि थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij