Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

८ जना कैदी रिहा हुँदै

८ जना कैदी रिहा हुँदै

  • काठमाडौँ । डिल्लीबजार कारागारबाट ८ जना कैदी रिहा हुँदै छन् । ती कैदीहरुले राष्ट्रपतिबाट आम माफी पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।

    images
    images
    images

    डिल्लीबजार कारागारका प्रशासक मात्रिका आचार्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका ८ जनालाई छाड्ने प्रक्रिया भइरहेको हो । रिहा हुनेहरुमा डिल्लीबजार कारागारबाट देविन्द्र कार्की, निखिल पराजुली, टेकबहाचदुर तामाङ, दिनेश खत्री, दीपक नारायण नकर्मी, अर्पण सुनुवार र निरन तामाङ नरबहादुर लामा छुट्ने भएका छन् ।

    उनिहरुमध्ये ५ जना कर्तव्य ज्यान मुद्दामा, १ जना सवारी ज्यान, एकजना किर्ते र १ जना लिखत सम्बन्धी कसुरमा जेल परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij