
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेमला आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले नामिबियामाथि ३ विकेटको जित निकाल्यो ।
यसअघि नेपालले लगातार तेस्रो खेलमा २७५ रनको लक्ष्य पछ्याएको हो । शनिबार पहिला ब्याटिङ गर्दै नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ८१ रन बनाए । उनले ९८ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि १३९ रनको उत्कृष्ट साझेदारी गरे ।
यस्तै, कुशल मल्लले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ४३ बलमा ३९ रन बनाए । यी दुईले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरे । नामिबियाका लागि रुवेन तेरुपेलमनले ३ तथा ब्रेनार्ड स्कोल्ट्जले २ विकेट लिए ।
त्यसअघि पहिला ब्याटि ङ गरेको नामिबियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनायो। नामिबियाका लागि जान ग्रीनले सर्वाधिक ७५ रन बनाए । उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै, पिकी या फ्रान्सले ३९ बलमा ४९ रन बनाउँदा लोहान्ड्रेले ४१ रन बनाए ।
यस्तै, रुबेलन त्रुम्पेलमनले २४, मिचेल भान लिगेनले २२ र कार्ल बिर्केन्सट्रोकले २० रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । उलने १० ओभरमा ४६ रन खर्चिए । यस्तै, करण केसीले १ विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij