Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भइरहेको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । जान ग्रीनले अविजित ७५ रन बनाएपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको हो ।

    images
    images
    images

    ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा पाँच विकेट गुमाएको नामिबियाका लागि जान ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । ग्रीनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे । नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।

    ४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोडेका थिए । यस्तै नन स्ट्राइकर एन्डमा रहेका फ्रान्स अर्धशतक बनाउनबाट समेच एक रनले चुके ।

    सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । त्यसपछि लो हान्ड्रे लौरेन्स र कार्ल विर्केन्स्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । लौरेन्सले ४१ र कार्लले २० रन बनाए । दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गर्दै नेपालले सफलता दिलाएका थिए ।

    यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोडे ।

    नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिए । त्यसका लागि उनले ९ ओभरमा ७० रन खर्चिए ।

    करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए तर विकेट लिन सकेनन् । नामिबियाका दुई खेलाडी रनआउट भए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij