Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आईसीसी लिग २ : नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी लिग २ : नेपालले आज नामिबियासँग खेल्दै

  • काठमाडौं ।  भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् ।

    onlinepatrika
    Arghakhachi

    खेल आज शनिबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ । लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

    AGNI GROUP

    नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो ।

    सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    नेपाली टोली : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ

    वैकल्पिक खेलाडी : आरिफ शेख, प्रतिश जी.सी,श्याम (मौसम) ढकाल र अर्जुन साउद

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij