
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । ल्होत्से मलमा भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ बारपाटे स्थायी घर भई हाल नेपालटार बस्ने २९ वर्षीय सरोज पौडेल रहेका छन् ।
यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको प्रहरीले छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij