Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अनेरास्ववियुको नवनिर्वाचित पदाधिकारीले आजै शपथ लिने

अनेरास्ववियुको नवनिर्वाचित पदाधिकारीले आजै शपथ लिने

  • काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नवनिर्वाचित पदाधिकारीले आजै शपथ लिने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    अनेरास्ववियुको २३औं महाधिवेशनबाट अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् । नेकपा एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ३ बजे नवनिर्वाचित कमिटीलाई शपथ गराउने जनाइएको छ ।

    उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

    त्यस्तै सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, दीपेश प्रसाईँ, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी भएका छन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । १५ सय १७ जना मतदाताले निर्वाचनका लागि मतदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij