
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । खोटाङमा डढेलोले एकै व्यक्तिको दुई घर जलेको छ । डढेलोले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुई वटा घर र एउटा गुवाली जलेको हो ।
खोटाङका डिएसपी मञ्जिल मुकारुङका अनुसार सामुदायिक बनमा लागेको डढेलोले घर जल्दा बस्नेतको १० लाख बराबरको क्षति भएको छ । हावाहुरीले डढेलोको आगो छानामा पुर्याएपछि बुधबार घर जलेको हो ।
आगोले दुई घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा १ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij