
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ मनोनित भएका छन् ।
समिति निमार्णका लागि ३३औं एएफसी कंग्रेसको निर्वाचनमार्फत छानिएका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलिफाले उक्त समितिको अध्यक्ष र उपाध्यक्ष मनोनित गरेका हुन् ।
एएफसीअन्तर्गत रहेका सदस्य राष्ट्रहरु र संघीय सदस्यहरुको फुटबल विकासका लागि एएफसीको विकास समितिले सहयोग प्रदान गर्ने गदर्छ । नेम्वाङ फेब्रुवरी १ मा बहराइनमा सम्पन्न भएको एएफसीको ३३औं निर्वाचनमा कार्यसमितिमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij