Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नवनियुक्त तीन कुलपतिले लिए शपथ

नवनियुक्त तीन कुलपतिले लिए शपथ

  • काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    आज बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij