Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

जर्मनीद्वारा कोभिडविरुद्धको १५ लाख डोज खोप हस्तान्तरण

जर्मनीद्वारा कोभिडविरुद्धको १५ लाख डोज खोप हस्तान्तरण

  • काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड-१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ ।

    images
    images
    images

    बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपालका लागि जर्मनी राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन् । राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरूले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्त खोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए ।

    मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । २०७२ सालको विनासकारी भूकम्पको समयमा जर्मनीले स्वास्थ्य पूर्वाधार र अन्य प्राविधिक सहायताको क्षेत्रमा सहयोग गरेको थियो ।

    त्यस्तै, कोभिड-१९ को महामारीमा समेत जर्मन सरकारले स्वास्थ्य सामग्री, भ्याक्सिन र आर्थिक सहायता प्रदान गरेको थियो । सन् १९५८ देखि नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । यो सम्बन्धले ६५ वर्ष पुरा गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij