
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिबाट घरेलु हिंसा पीडित बिनु यादवसहित चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन गर्न लागेका थिए ।
सोही समयमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पूर्व न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव, क्रितिका यादव, कृष्ण कठायत र सरिना फुयाललाई पक्राउ गरेको छ । श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij