Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री प्रचण्डले सुने मोबाईल साहुका मतव्य !

प्रधानमन्त्री प्रचण्डले सुने मोबाईल साहुका मतव्य !

  • काठमाडौँ । मोवाईल व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर व्यवसायीहरुले भेट गरेका हुन् ।

    images
    images
    images

    ल्होत्से मलमा यातायात मजदुरको आन्दोलनमा भएको पसल तोडफोड र मोवाईल चोरीको घट्नाप्रति प्रधानमन्त्री दाहालको ध्यानाकार्षण गराउन व्यवसायीहरु बालुवाटार पुगेका हुन् ।

    उनीहरुले ८ करोडको क्षति भएको भन्दै त्यसको पूर्ति भरिदिन सरकारसँग माग गरेका थिए । उक्त घट्नाबारे दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा यसखालको कुनै क्रियाकलाप दोहोरिन नदिने वाचा गरेका थिए ।

    उक्त घट्नाको बारेमा छानबिन गर्न गठन भएको समितिको प्रतिवेदन सार्वजनिक भएपछि कारबाही प्रक्रिया अघि बढाउने विश्वास प्रधानमन्त्री दाहालले दिलाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij