Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

भौतिक मन्त्रालयका २० कर्मचारीको सरुवा (सूचिसहित) 

भौतिक मन्त्रालयका २० कर्मचारीको सरुवा (सूचिसहित) 

  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयअन्तर्गतका २० कर्मचारीको सरुवा गरेको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यायतायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै २० कर्मचारीहरुको  सरुवा पदस्थापन तथा काज गरेका हुन् । 

    images
    images
    images

    मन्त्री श्रेष्ठले सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई मन्त्रालय तानेका छन् । उनले सडक विभागको महानिर्देशकमा एडिबी आयोजना निर्देशनालयका आयोजना निर्देशक सुशिल बाबु ढकाललाई पठाएका छन् ।

    त्यस्तै विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका रामहरी पोखरेललाई उपमहानिर्देशको जिम्मेवारीमा निरन्तरता दिएर विकास सहायता कार्यान्वयन महाशाखाबाट योजना तथा अनुगमन महाशाखामा पठाइएको छ ।

    विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठको एडीबी आयोजना निर्देशनालयमा आयोजना निर्देशकमा काज गरिएको छ । यस्तै डा। विजय केसीलाई सडक विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij