
Apr 11 2025 | २०८१, चैत २९ गते
भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।
समाचार एजेन्सी अलजजिराका अनुसार विनाशकारी भूकम्पमा परी टर्कीमा मात्र ३५ हजार ४१८ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएको छ । त्यस्तै सिरियामा पाँच हजार ८०० भन्दा बढी मानिसको मृत्यु भएको अलजजिराले जनाएको छ ।
भग्नावशेषबाट आठ हजारभन्दा बढी मानिसलाई जिउँदै निकालिएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् ।राष्ट्रसंघले भूकम्पपछि सिरियामा ५३ लाख मानिस घरबारविहीन हुन सक्ने अनुमान गरेको छ ।
उक्त भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका बीबीसीले जनाएको छ । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij