Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नामिबियामाथि नेपालको सानदार जित

नामिबियामाथि नेपालको सानदार जित

  • काठमाडौँ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध सानदार जित निकालेको छ ।

    images
    images
    images

    नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले । ११२ बल खेलेका उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए । यस्तै कप्तान रोहित पौडलले ७२ रन बनाएर आउट भए। उनले भुर्तेलसँग कीर्तिमानी साझेदारीसमेत गरे ।

    रोहित पौडेलले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाएर आउट भए । उनले भुर्तेलसँग १३३ रनको सतकीय साझेदारी गरे ।

    तेस्रो विकेटका लागि रोहित र कुशलले गरेको यो साझेदारी ओडिआईमा नेपाली ब्याटरले गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो ।

    यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको साझेदारी साझेदारी गरेका थिए ।

    दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई २५ रनमा गुमाएको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन बनाउँदै अल आउट भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij