
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । सुनसरि जिल्ला ब्याडमिन्टन संघले यहि माघ २५-२७ मा आयोजना गरेको प्रथम मेयर कप र्याङ्किङ ब्याड्मिन्टन प्रतियोगितामा रिजन मगरले मेयरकप जितेको छ । ललितपुर-२७ सुनाकोठी ओखाटका मगरले १३ वर्ष मुनिका समुहमा एकल बिजय हासिल गरेका छन् ।
यल सामुदायिक ब्याड्मिन्टन क्लव(YCBC)का खेलाडि मगरले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरे । मगरले त्रिभुवन आर्मि क्लवमा तालिम समेत लिरहेका छन् ।
त्रिभुवन क्लवको मातहतबाट खेलेका रिजन उनको उमेर समुहको र्याङ्क्मा चौथो रहेकोमा यो विजयले उनको तह बढ्ने भएको छ । यो बिजयबाट यल सामुदायिक ब्याड्मिन्टन क्लवले आज वधाई कार्यक्रमको आयोजना गरेको थियो । सबै युवाहरूको हौसला बढाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा सबैले वधाई दिएका थिए ।
क्लवको तर्फबाट अध्यक्ष प्रेम रिबुसाल, सल्लाहकारहरू हेमन्त र दिनेस राई लगायतले उत्साहित तुल्याएका थिए । यो कार्यममा रिजन मगरले आफ्नो क्लव\क्लवहरू र सहयोगिहरू सम्झे र धन्यवादका साथ खुसी व्यक्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij