
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जाकृति चोकको एउटा कुखुरा फार्ममा आगलागी भएको छ ।
काठमाडौँ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङको कुखुरा फार्ममा आगलागी भएको हो । प्रहरीका अनुसार कुखुराको चल्लालाई तापक्रमको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको हो ।
सो आगलागी नियन्त्रणमा लिन भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिएको परिसरका एसपीले जनाए ।
आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ । आगलागीबाट ब्रोइलर कुखुराको चल्ला १८ सय वटा र कुखुराको फार्म गरी जम्मा ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij