
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहाकार जाङ सङ मिन आज नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतले आइतबार अपरान्ह जाङसहितको कोरियाली प्रतिनिधि मण्डल काठमाडौं आउने जनाएको छ ।
जाङले नेपाल बसाईका क्रममा प्रधानमन्त्री पुष्पमकल दाहाल‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला पौड्याल, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
भोलि (सोमबार) उनको राजनीतिक भेटघाट हुनेछ । परराष्ट्रका एक अधिकारीका अनुसार जाङ नेतृत्वको टोली मंगलबार बंगलादेश प्रस्थान गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij