
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् । दीपक वलीले निर्देशन गर्न लागेको फिल्म ‘क्यामिनो’बाट उनले अभिनयमा पुनरागमन गर्न लागेका हुन् ।
सन् २०१५ मा राजबल्लभ अभिनित पछिल्लो फिल्म ‘हाइवे टु धम्पुस’ रिलिज भएको थियो । यो फिल्म रिलिजसँगै उनी अमेरिका प्रस्थान गरेका थिए ।
तर राजबल्लभले ‘क्यामिनो’मा नेपालमा आएर छायांकन भने गर्ने छैनन् । उनको भागको छायांकन मेक्सिको र अमेरिकामै हुनेछ । फिल्मको कथावस्तु पनि दक्षिण अमेरिकी मुलुकबाट हिंडेर जोखिमपूर्ण ढंगले अमेरिका प्रवेश गर्ने विषयमा हुनेछ ।
ब्राजिल र मेक्सिकोमा फिल्म छायांकन गर्ने निर्माताको योजना छ । ‘क्यामिनो’मा शीर्ष भूमिकामा प्रदीप खड्का र वर्षा सिवाकोटी यसअघि नै तय भइसकेका छन् । चैतदेखि छायांकन सुरु हुने फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij