Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अख्तियारको ३२ औं स्थापना दिवस आज मनाइँदै

अख्तियारको ३२ औं स्थापना दिवस आज मनाइँदै

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शनिबार) ३२औँ स्थापना दिवस मनाउँदै छ । 'मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो' भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाउन लागेको हो ।

    images
    images
    images

    अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ ।

    आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठ वटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij