Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

  • काठमाडौँ ।  दाङमा गोरखनाथ वैदिक गुरुकुलका वटुक सुत्ने हलमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ ।

    images
    images
    images

    घोराही उपमहानगरपालिका १७ चौघेरास्थित गोरखनाथ वैदिक गुरुकुलका वटुकहरू सुत्ने हलमा शुक्रबार बिहान एक्कासि विद्युतको तार सर्ट भई आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    आगलागीको सूचना प्राप्त हुनासाथ तत्काल अस्थायी प्रहरी पोष्ट चौघेरा र जिप्रका दाङ, घोराही उपमहानगरपालिकाको दमकल सहितको टोलीले करिब ४० मिनेटमा पूर्ण रूपमा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिए ।

    आगलागीबाट टिन, काठ, लत्ताकपडा, अन्नपात भाँडा बर्तन र भवन कोठामा क्षति हुँदा करिब ७ लाख बराबरको क्षति भएको हो । आगलागीबाट कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij