
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान धुम्बाराहीस्थित देउवा निवासमा सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा बिहीबार कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। सुदूरपश्चिम सरकारमा नेकपा एकीकृत समाजवादीलाई पनि समेट्ने तयारीमा कांग्रेस छ। यो विषयमा पनि भेटवार्तामा कुराकानी भएको बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij