
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कासलानको निधन भएको छ । २८ वर्षीय तुर्कास्लान आबद्ध फुटबल क्लब येनी मालत्यास्पोरले उनको निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले येनी मालत्यास्पोर क्लबबाट जम्मा ६ पटक खेलेका थिए । भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघेको छ । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ७.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्याएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij