
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । बंगलादेशमा चलिरहेको २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।
बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो । अब नेपालले बंगालदेशसँग भोलि उपाधिका लागि खेल्नेछ ।
यसअघि हिजै भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । बंगलादेश शिर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij